मुस्ताङको खाजाघरमा चोरी गर्ने राजकुमार भक्तपुरबाट पक्राउ
मुस्ताङ | बैशाख १९, २०८०
गत पुस १२ गते राति मुस्ताङको वारागुङ गाउँपालिका १ स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख रुपैयाँ चोरी गर्ने राजकुमार मोक्तान पक्राउ परेका छन् ।
चोरी गरी फरार भएका मोक्तानलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको जगातीबाट पक्राउ गरेको छ ।
मोक्तानलाई पक्राउ गरी सहयोग गरिदिन मुस्ताङ प्रहरीले पत्राचार गरेपछि अनुसन्धान कार्यालय एक्सनमा आएको थियो । मोक्तानले खाजाघरको झ्यालबाट पसेर नगद चोरी गरेको स्वीकारेको कार्यालयले जनाएको छ ।
रामेछापको सुनापति स्थायी ठेगाना भएका मोक्तानलाई कार्यालयले जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइसकेको जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

